मेची इङ्लिस स्कुलका शिक्षकहरूले रु. २० हजार ५ सय ६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग
1 month(s) ago
झापा । रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि झापाको शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित मेची इङ्लिस स्कुलका शिक्षकहरूले आर्थिक सहयोग गरेका छन्।
विद्यालयका शिक्षकहरूले स्वस्फूर्त रूपमा संकलन गरेको रु. २० हजार ५ सय ६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल पदमजंग कुँवरले जानकारी दिनुभयो।
प्रिन्सिपल कुँवरका अनुसार विपद्को यस कठिन समयमा बाढीपीडित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले शिक्षकहरूले आपसमा रकम संकलन गरी सहयोग गरेका हुन्।
विद्यालय परिवारले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सहानुभूति तथा समवेदना व्यक्त गरेको छ।
Mechi English Boarding School